चिया तीज विशेष फोटो प्रतियोगिता – २०७७

हिन्दु नारीहरुको महान पर्व तीजका अवसरमा चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. हार्दिक शुभकामना व्यक्त गर्दछ। तीज पर्वकै अवसर पारेर चिया मिडिया एण्ड टेक्नोलोजीले यस वर्षदेखि तीज विशेष फोटो प्रतियोगिता आयोजनाको शुभारम्भ गरेको छ।

  • प्रतियोगिता चिया मिडिया एण्ड टेक्नोलोजीको आधिकारिक फेसबुक पेज  https://www.facebook.com/chiyamedia    मार्फत सञ्चालन हुनेछ।
  • प्रतियोगितामा सहभागी हुन चाहानेले आफ्नो फोटो चिया मिडियाको फेसबुक पेजको इन्बक्समा पठाउनु पर्नेछ।
  • फोटो इमेल ( chiyamediatech@gmail.com) मार्फत पनि पठाउन सकिनेछ। फोटोसँगै नाम, ठेगाना र सम्पर्क नं. समेत पठाउनु पर्नेछ।
  • साडी, कुर्ता वा लेहेंगा नलगाएका तस्बिरहरु प्रतियोगितामा समावेश गरिने छैन।
  • फोटो पूर्ण कदको हुनुपर्नेछ।
  • उत्कृष्ट फोटोको छनौट फेसबुक पेजमा भएको शेयर, लाइक र कमेन्टका आधारमा गरिनेछ।
  • प्रति शेयर अंक २ र प्रति लाइक र कमेन्टका लागि १ / १ अंक प्रदान गरिनेछ।त र कमेन्टका रिप्लाईहरुमा कुनै अंक दिईने छैन।
  • चिया मिडियाको आधिकारिक फेसबुक पेजबाट भएको शेयर, लाइक र कमेन्टलाई मात्रै मान्यता दिईनेछ।
  • पुरस्कार राशि नगद रु. २५०० हुनेछ।
  • उत्कृष्ट हुनेलाई पुरस्कार रकम इसेवा वा बैंक ट्रान्सफर मार्फत दिईनेछ।
  • उत्कृष्ट फोटोलाई चिया मिडियाको वेबसाइट र चिया मिडियाले सञ्चालन गर्ने न्यूजपाटी डटकममा फिचर गरिनेछ।
  • प्रतियोगिता सम्बन्धि कुनै विवाद उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.मा सुरक्षित रहेको छ।

 

फोटो पठाइसक्नुपर्ने अन्तिम मितिः २०७७ भदौ ८ गते साँझ ५ बजे सम्म।
(म्याद नाघि आएका फोटोहरु प्रतियोगितामा समावेश गरिने छैन)

नतीजा प्रकाशन हुने मितिः २०७७ भदौ २९ गते साँझ ५ बजे
(नतीजा चिया मिडियाको अफिसियल वेबसाइट http://www.chiyamedia.com र फेसबुक पेज https://www.facebook.com/chiyamediaमार्फत सार्वजनिक गरिनेछ)

*शर्तहरु लागु हुनेछन्।
Please follow and like us:

One Reply to “चिया तीज विशेष फोटो प्रतियोगिता – २०७७”

Leave a Reply

Your email address will not be published. Required fields are marked *